दफा २४
सम्पत्ति फिर्ताको लागि सिफारिस गर्ने सम्पत्ति फिर्ताको लागि सिफारिस गर्ने
(१) यस ऐन बमोजिम गरिएको छानविनबाट कसैले पीडितको कुनै सम्पत्ति कब्जा वा जफत गरेको देखिएमा आयोगले त्यस्तो सम्पत्ति सम्बन्धित व्यक्तिबाट फिर्ता गर्न नेपाल सरकार समक्ष सिफारिस गर्नेछ ।
(२) आयोगले पीडितको सम्पत्ति कब्जा वा जफत भएको कारण हुन गएको वास्तविक क्षति यकिन गरी नेपाल सरकारबाट पीडितलाई मनासिव क्षतिपूर्ति उपलब्ध गराउन सिफारिस गर्नेछ ।